काठमाडौँ, ७ चैत–नेकपा (एकीकृत समाजवादी), मोर्चा संगठनको बैठक सम्पन्न भएको छ।

पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेको विशेष उपस्थितिमा बिहिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सम्पन्न भएको हो। बैठकमा पार्टीका वरिष्ठ नेता प्रमेश हमाल, उपाध्यक्ष जयन्ती राई, सचिव रावित्रा भुसाल, गणेश बि।क।को उपस्थिति रहेको थियो।

त्यस्तै मोर्चा संगठनका उपप्रमुख बलराम बास्कोटा, आन्दोलन संयोजन कमिटीका सचिव जीवनराम श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो।

बैठकले समाजवादी मोर्चाले यहि चैत १५ गते गर्न लागेको वृहत् जनप्रदर्शन तथा आमसभामा व्यापक सहभागिताका निम्ति तयारी गर्ने निर्णय गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *