क्याम्पा बजार (कमल), ८ चैत–कमल गाउँपालिका वडा नम्बर २ को कार्यालयले क्याम्पास्थित कमला मदन-आश्रित स्मृति माध्यमिक विद्यालयलाई फोहोर संङ्कलन गर्ने डष्टविनसहित खेलकुद सामाग्रीहरु वितरण गरेको छ ।
वडाभित्रका सामुदायिक विद्यालयमा खेलकुुदका क्रियाकलापहरु बढाउँने उदेश्यले वडा कार्यालयले तीन थान डष्टबिनसहित खेलकुद सामाग्रीहरु वितरण गरिएको हो । वडा अध्यक्ष अशोक सुब्बासहित वडा सदस्यहरु र कर्मचारीहरुको टोली कमला मदन आश्रित स्मृति विद्यालयमा पुगेर ती सामाग्रीहरु वितरण गर्नुभएको हो ।
खेलकुद सामाग्रीहरुमा २ थान फूटबल, २ थान भलिबल, ब्याडमिन्टन सेट, टेवल टेनिस सेट, क्रिकेट सेट छन् । वडा कार्यालयले आर्थिक वर्ष २०८१।८२ अन्तर्गत वडाभित्रका सामुदायिक विद्यालयमा खेलकुद सामाग्रीहरु वितरण गर्ने योजना समेटिएको वडा अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । वहाँका अनुसार वडामा सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीको नियमित स्वास्थ्य परिक्षण लगायतका कार्यक्रम प्रभावकारी ढंङ्गमा भइरहेको छ ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बराल र विद्यालयका प्रधानध्यापक हिमप्रसाद दाहाल लगायत शिक्षक–शिक्षिकाहरको समेत उपस्थिती रहेको थियो ।
