दमक, ८ चैत–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औं स्थापना वर्ष मनाइरहेको छ । यहि, चैत ११ गते सोमबार स्वर्णलक्ष्मी सहकारी संस्था १६औं वर्षमा प्रवेश गर्दैछ । यसवर्ष, स्वर्णलक्ष्मी सहकारी संस्थाले एक सातासम्म चारवटा सेवा केन्दसहित केन्द्रीय कार्यालय दमकमा स्थापना दिवस मनाउने भएको हो ।

१६औं स्थापना दिवसको पूर्वसन्ध्यामा स्वर्णलक्ष्मी सहकारी संस्थाले सेवा केन्द्रस्तरीय कार्यक्रम शुभारम्भ गरेको छ । सहकारी शिक्षा, संचेतना, स्वास्थ्य परिक्षणसहित सामाजिक उत्तरदायित्व कार्यक्रम गरेर स्थापना दिवस मनाइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल कुमार घिमिरेले जानकारी दिनुभयो ।

आज (शुक्रबार) शिबसताक्षी नगरपालिकाको झिलझिलेस्थित संस्थाको झिलझिले सेवा केन्द्रमा १६औं स्थापना दिवस धुमधामका साथ मनाइएको छ । यसैगरी, हिजो (बिहिबार) गौरादह सेवा केन्द्रमा स्थापना दिवस मनाइएको छ ।

दमकस्थित बेलडाँगी रोडको स्वर्णलक्ष्मी कम्प्लेक्समा केन्द्रीय कार्यालय रहेको सहकारी संस्थाको झिलझिले सेवा केन्द्रमा आज रक्तदान, दन्त परिक्षण, आँखा परिक्षणसहित सदस्यहरुलाई वित्तिय शिक्षासम्बन्धि कार्यक्रम गरिएको हो ।

रक्तदानमा ५२ प्रिन्ट रगत संङ्कलन भएको छ । झिलझिले सेवा केन्द्र प्रमुख शुशिल गड्तौलाका अनुृसार दमक थुलुङ डेन्टलले दन्त परिक्षण र बिर्ताज्योती आँखा अस्पतालले आँखा परिक्षणमा प्राविधिक सहयोग पुर्याएका थिए ।

झिलझिलेस्थित सामुदायिक भवनमा आयोजित १६औं स्थापना दिवसका अध्यक्षता संस्थाका अध्यक्ष बुद्धिसागर (बिमल) बरालले गर्नुभएको थियो । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाका सभापति एबम् शिक्षक गोविन्द काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वर्णलक्ष्मी सहकारी संस्थाका सचिव संजिव रिमाल, प्रमुख कार्यकारी अधिकृत कमल घिमिरे, लाइफ लाइन अस्पताल दमकमा दन्त रोग विशेषज्ञ तथा दमक थुलुङ डेन्टलका डाक्टर सोफिया थुलुङ, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभाग प्रमुख सिद्धार्थ दाहाल, स्वर्णलक्ष्मी सहकारी संस्थाका सञ्चालक सदस्य दिनेशकुमार अधिकारी, राजेन्द्र श्रेष्ठ, प्रेमकुमरी (पुनम) रिजाल, झिलझिले सेवा केन्द्र सञ्चालन तथा व्वस्थापन उपसमिति सदस्य सिता खरेल, बजार विकास तथा व्यवस्थापन उपसमिति संयोजक रामुकार राई, सदस्यहरु घनश्याम बराल, डम्बरकुमार श्रेष्ठ, उमा प्रधान लगायतको उपस्थिति थियो ।

भोली (शनिबार, चैत ९ गते) कनकाई नगरपालिकाको सुरुङ्गा सेवा केन्द्रमा संस्थाले १६औं स्थापना दिवस मनाउने कार्यक्रम तयारी भएको छ । त्यसैगरी, चैत १० गते आइतबार मोरङको उर्लाबारीस्थित सेवा केन्द्रमा स्थापना दिवस मनाइने भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *