बिर्तामोड, ८ चैत–नेपाल अडिटर्स एशोसिएसन झापाको अध्यक्षमा पर्शुराम बुढाथोकी सर्वसम्मत चयन हुनुभएको छ ।

नेपाल अडिटर्स एशोसिएसन झापाको आज सम्पन्न ७औं जिल्ला अधिवेशनबाट बुढाथोकी सर्वसम्मत चयन हुनुभएको हो । १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा चिरञ्जीवी नेपाल, सचिवमा खिवलाल अधिकारी, सहसचिव बाबुराम पोखरेल र कोषाध्यक्षमा डम्बरबहादुर सुब्बा चयन हुनुभएको छ ।

नेपाल अडिटर्स एशोसिएसन ९अडान० का केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथि अडानका तृतीय उपाध्याक्ष झलकमणि लम्साल, अतिथि अडान उपाध्यक्ष पोषराज नेपाल, अडान उपाध्याक्ष प्रदिपकुमार यादव, उपमहासचिव हरिबहादुर कार्की, कोषध्यक्ष बलराम चौधरी प्रदेश उपाध्यक्ष खडानन्द गुरागाईले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

अडानका तर्फबाट आइक्यान पार्षद रहेर सदस्यको हकहितको संरक्षण तथा थप अधिकारको पक्षमा खेल्नु भएको भूमिकाका लागि आइक्यान पार्षद झलकमणि लम्साल, प्रदीपकुमार यादव, हरिबहादुर काकी र भरतलाल श्रेष्ठलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने उहाँहरुलाई मायाको चिनो उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाको स्थापनाकालदेखि हालसम्म संस्थालाई सवल बनाउन योगदान गर्ने संस्थाका केन्द्रीय सल्लाहकार मोहन सिवाकोटी, झापा जिल्लाका पूर्व अध्यक्ष चुडामणि चिमरिय तथा हरिकिशोर आचार्यलाई दोसल्ला ओडाएर सम्मान गरयो भने जेष्ठ सदस्य गोविन्दप्रसाद मिश्रलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीयय अध्यक्ष केदारनाथ पौडेलले मुलुकको आर्थिक विकासमा लेखा तथा लेखापरीक्षणको महत्व, पेशागत दक्षताको अभिबृद्धि एवम् अपसी एकता कायर राख्र्दै आफ्नो पेशाप्रति उत्तरदायी र अनुशासित हुन सदस्यहरुलाई आग्रह गर्नुभयो ।

अध्यक्ष होमनाथ उप्रतिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य खिवलाल अधिकारी गर्नुभएको थियो भने सचिव पर्शुराम बुढाथोकीले सञ्चालन गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष बुढाथोकीले संस्थालाई अझ प्रभावकारी रुपमा अघि बढाउने, सदस्यका हकहितको पक्षमा अडिग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *