ताप्लेजुङ, ९ चैत–ताप्लेजुङस्थित प्रशिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा मन्दिरको प्रवेशद्वारभित्र रहेका पाटी, पौवा, टहरालगायत मानव निर्मित संरचना हटाइने भएको छ।

पाथीभरा क्षेत्र विकास समितिले संरचना हटाउन वा वैकल्पिक व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई १५ दिनको समयसीमा दिएको हो।

सरकारद्वारा जारी विकास समिति ऐन, २०१३ बमोजिम विसं २०५३ मा गठन भएको पाथीभरा क्षेत्र विकास समितिले सो क्षेत्रको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्दै आएको दावी गरेको छ।

समितिका अनुसार पाथीभरा मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरता कायम राख्न मुख्य प्रवेशद्वारभित्र कुनै नयाँ संरचना निर्माण नगर्ने निर्णयअनुरूप वृक्षारोपण, धामक्षेत्र व्यवस्थापनलगायत कार्य अघि बढाइएको छ।

यसैबीच चैत ६ गते राति पाथीभराको डाँडामा गाडिएको मुकुम्लुङ ९ढुङ्गा० र यग्राङसिं ९फलामको नौतले भर्‍याङ० हटाउन सम्बन्धित पक्षलाई ३ दिनभित्र सम्पर्क गर्न एक सूचनामार्फत आग्रह गरिएको छ।

तोकिएको समयसीमाभित्र सम्पर्क नगरिएमा संरचना हटाउने कार्य समितिका तर्फबाट अघि बढाइने समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।

पाथीभरा क्षेत्रमा कुनै किसिमका निर्माण वा गतिविधि गर्दा समितिको स्वीकृतिबिना गर्दा अवैध हुने भएकाले समन्वयका लागि सम्बन्धित पक्षलाई समितिको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको उनले उल्लेख गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *