सुरुङ्गा, ९ चैत–कनकाई नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन स्वरोजगारमूलक तालिम दिँदै आएको छ । नगरका सबै वडामा छुट्टाछुट्टै स्वरोजगारमूलक तालिम दिँदै नगरपालिकाले उनीहरुलाई आत्मनिर्भर बनाउने अभियान थालेको हो ।

नगरका महिला समूहलाई उत्पादनमुलक तथा दैनिक जीवनमा प्रयोग हुने सामग्री उत्पादन गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिन थालेको हो । चालू आर्थिक वर्षमा कनकाईका नौ वटै वडामा रहेका सबै महिला समूहको माग र आवश्यकता आधारमा साबुन, सरफ बनाउने, झोल साबुन, हर्पिक, फिनेल, सिलाई कटाइ, माला, झोला, ब्युटिसियन, पञ्चेबाजा, ड्राईभिङ्ग तालिम, उद्घोषण, माइन्युट लेखन, मन्टेश्वरी लगायतका तालिम दिइरहेको छ ।

यसैबीच, शुक्रबार कनकाई वडान १ र ७ मा कार्यक्षेत्र रहेको बिहानी महिला समूहको आयोजनामा दुई दिवसीय साबुन–सरफ बनाउने तालिम शुरु भएको छ।

कनकाई नगरपालिका वडा नं १ स्थित कनकाई बिहानी क्लबको सभाहलमा ‘सामाजिक एकता हाम्रो प्रतिबद्धतासहित सीप सिकौं अर्थोपार्जन गरौं’भ न्ने मुल नाराका साथ बिहानी महिला समुहको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा दुई दिवसीय साबुन तथा सरफ बनाउने तालीम शुरु भएको हो ।

महिला समूहकी अध्यक्ष ईन्दिरा भुजेल (मञ्जु) को अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख आशा शर्मा शिवाकोटी गर्नुभएको थियो ।

कार्यक्रममा वडा न १ का अध्यक्ष सुशीलकुमार पोखरेल, वडा सदस्य निर्मला खड्का, कनकाई बिहानी क्लबका संस्थापक अध्यक्ष मनोज बस्नेत, अध्यक्ष लोकनाथ उप्रेती, सल्लाहकार संयोजक अनिरुद्र ओली, वडा नं १ स्थित टोल नं ३ का टोल संयोजक चुडामणि ढकाल लगायतले सिकेको सिपलाई सदुपयोग गर्दै स्वरोजगार बन्न सुझाव दिनुभएको थियो ।

कनकाई बिहानी क्लबको सभाहलमा नगरका वडा न १,२,६,र ७ का महिला दिदिबहिनीहरुलाई सहभागी गराई दुई दिवसीय साबुन तथा सरफ बनाउने तालीम सुरु गरेको हो। तालिमामा बिहानी महिला समुहका ११ जना र अन्य १५ जना गरि ५५ जनाको सहभागिता रहेको आयोजक महिला समुहकी कोषाध्यक्ष तुलसा थापाले जानकारी दिनुभयो ।

दुई दिवसीय तालिमको मुख्य प्रशिक्षकमा रुद्र भट्टराई र सीता बानियाँ, सहायक प्रशिक्षकमा पुजन बाँस्तोला र सुस्मा भट्टराई रहनुभएको छ। उहाँहरुले अहिले बनाइरहेको साबुन तथा सरफ प्रयोग गर्न राम्रो रहेको मुख्य प्रशिक्षक भट्टराईले बताउनुभयो ।

बिहानी महिला समूहकी उपाध्यक्ष गायत्रा बिमली (उप्रेती) ले औचित्यसहित स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन समूहकी सचिव सुरेखा शर्मा कार्कीले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *