काठमाडौं, चैत–नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा एकीकृत समाजवादी निकट जनसंगठनले विरोध प्रदर्शन गरेका छन् ।
कार्यकारी निर्देशक घिसिङ हटाइएको विरोधमा नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ, अनेरास्ववियू लगायत जनसंठनका नेताहरूले आज (मंगलबार) काठमाडौंको विश्वभाषा क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
अनेरास्ववियू र युवा संघले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुतला दहन गर्दै सरकारविरूद्ध नाराबाजी समेत गरे ।
घिसिङलाई हटाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०, प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेका छन्। सत्तारूढ दलभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको आलोचना गरेका छन् ।
