दमक, १२ चैत–१४औं स्थापना वर्षमा बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाले आज दमकमा शुभकामना आदानप्रदान तथा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
दमक–६ पिपल चौकस्थित विश्वाशिलो साकोसले मंगलबार एक कार्यक्रमबीच चौधौं स्थापना दिवसमा शुभकामना आदानप्रदाान तथा दन्त सम्बन्धि हेरचार, संचेतना, दन्त परिपक्षण र परामर्श गरिएको हो ।
संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष राईले संस्थाले १४औं वर्ष पुरा गरेको अवसरमा सेयर सदस्यहरु, कर्मचारीहरु, कारोबार गर्ने सदस्यहरु, कर्मचारीहरु र संञ्चालक टिमलाई हार्दिक आभार, धन्यवाद सहित आगामी समयका लागि थप साथ र सहयोगको आशा व्यक्त गर्नभयो ।
त्यस्तैं, दमकस्थित थाना लाईनमा अवस्थित आमा डेन्टल केयर सेन्ट्ररका सञ्चालक तथा पृथ्बी माध्यमिक विद्यालयका शिक्षक अर्जुनकुमार श्रेष्ठले दाँत तथा मुखको हेरचार र स्वास्थ्यमा खासै ध्यान नदिएको बताउनुभयो । श्रेष्ठले एउटा स्वास्थ्य मान्छेको लागि अरु अंङ्गहरुको जति भूमिका हुन्छ, दाँतको पनि उतिकै भूमिका हुने बताउनुभयो ।
त्यस्तैं, कार्यक्रममा १४औं स्थापना दिवसमा जन्मदिनको केक काटेर खुशियाली मनाइएको थियो ।
सो कार्यक्रममा जीवन चक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद गौतम, विश्वाशिलो साकोसकी उपाध्यक्ष सम्झाना साँवा लिम्बू, सल्लाहकार संयोजक तथा निर्माण व्यवसायी बिक्रम खाम्देन लिम्बू, आमा डेन्टल केयर सेन्ट्ररका सञ्चालक अर्जुनकुमार श्रेष्ठ, व्यवसायी तथा संस्थाका सदस्य युवराज दंगाल, व्यवसायी नारायणप्रसाद खरेल, सञ्चालक सदस्य तथा कर्जा समिति संयोजक अनिमा तामाङ गोले, माया राई, कविता फागो लिम्बू, संस्थाका व्यवस्थापक दिनेश दाहाललगायत व्यापारी तथा व्यवसायीहरुको उपस्थिती थियो ।
कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति, विभिन्न उपसमितिहरु, सेयर सदस्यहरु, व्यवसायीहरु र कर्मचारीहरुसहित एक सय २१ जनाले दन्त परिक्षण गराएका छन् । दन्त परिक्षण गराउनेहरुलाई आमा डेन्टल केयर सेन्ट्रेरले २० देखि ४० प्रतिशतको छुटसहित सेवा प्रदान गरिने सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।
सो कार्यक्रममा संस्थाका सचिव सुमनकुमार थुलुङ राईले सञ्चालन गर्नुभएको थियो ।
