दमक, १२ चैत–एमाले र कांग्रेससहितको सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा आज शिबसताक्षीमा विरोध प्रदर्शन गरिएको छ ।
शिबसताक्षीको दुधे चौकमा आयोजित विरोध प्रर्दशनमा बक्ताहरुले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनःबहालीको माग गरेका थिए । सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको थियो ।
सो निर्णयको विरुद्धमा आज (मंगलबार) देशभर विभिन्न रुपमा विरोध प्रदर्शनहरु भएका छन् ।
दुधेमाा आयाजित विरोध प्रदर्शनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट महेन्द्र भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी (रापप््रपा) का नेता तथा अधिबक्ता रुद्रमणी भट्टराई र संघीय लिम्बूवान लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता किरण लिङदेनले आ–आफ्ना बिचारहरु राखेका नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर अध्यक्ष दुर्गा नेम्बाङले जानकारी दिए ।
आजै, दमकमा नेकपा (माओवादी केन्द्र) दमकले दमकमा विरोध प्रदर्शन गरेका छन् । यसैगरि, माओवादी केन्द्र कमल गाउँ कमिटीले पाडाजुंगीमा विरोध प्रर्दशन निकालेका छन् ।
प्रदर्शनकारीहरूले सरकारलाई भ्रष्टाचारी भन्दै नाराबाजी गरेका थिए। उनीहरूले घिसिङको पुनर्बहालीको माग गरेका थिए ।
