काठमाडौँ, १२ चैत–गणतन्त्रको पक्षधर शक्तिहरूले यहि चैत १५ गते राजधानीको भृकुटिमण्डपमा वृहत् प्रदर्शन तथा आम सभा गर्ने भएका छन्।

यहि चैत १५ मा समाजवादी मोर्चामा आबद्ध नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन्।

गणतन्त्र पक्षधर समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन र सभा गर्न स्थानीय प्रशासनसँग अनुमति लिएको छ। प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *