झापा, १२ चैत–झापाको मेचीनगर नगरपालिका–६ बाट आज दिउँसो सशस्त्र प्रहरीले करिब रू एक करोड बराबरको अवैध सामान बरामद गरेको छ ।

मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब रू एक करोड बराबरको अवैध कपडा र मोटरपार्टस् बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं। २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभयो ।

विषेश सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं। २ गण हेक्वारबाट प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीको कमाण्डमा खटिएको टोली र राजश्व अनुसन्धान कार्यालय इटहरीबाट अनुसन्धान अधिकृत विधुर गौतमसहितको टोलीले उनीहरुको घरबाट उक्त सामान बरामद गरेको हो ।

पोखरेलको घरबाट ३९ बोरा र ठकुरीको घरबाट २० बोरा गरी सामान बरामद गरिएको उहाँले बताउनुभयो । बरामद सामान आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय इटहरी लैजाने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *