काठमाडौं, १३ चैत–सरकारले अनधिकृत निर्णय, गुटबन्दी र निर्देशन अवज्ञा गरेका कारण कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको जनाएको छ।

विभिन्न प्रशासनिक, कानूनी, नीति–नियम उल्लंघन र कार्यसम्पादनसम्बन्धी कारणहरू देखाउँदै सरकारले कुलमानलाई बर्खास्त गरेको हो।

सरकारले घिसिङलाई १० वटा कारणसहित पदबाट हटाइएको पत्र दिएको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार मंगलवार घिसिङलाई औपचारिक पत्रमार्फत् जानकारी गराइएको हो।

सरकारले उनलाई पदमुक्त गर्नुको कारण खुलाउँदै तीन पन्ने पत्रमा १० बुँदा उल्लेख गरेको छ। पत्रमा उल्लेखित कारणहरूमा घिसिङको कार्यसम्पादन, नीतिगत अवज्ञा र अनधिकृत निर्णयहरूलाई प्रमुख आधार बनाइएको छ।
थाहा खबरबाट

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *