क्याम्पा (कमल), १३ चैत–कमल गाउँपालिका वडा नं २ क्याम्पा बजारस्थित वडा कार्यालयले महिलाहरुलाई लक्षित गर्दै आय आर्जनमा जोड्न सीपमुलक तालीम सञ्चालन गरेको छ ।

कार्यालयले चालू आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत यस बर्ष ५० जना महिलालाई सौन्दर्यकला सम्बन्धिको तालीम प्रदान गरेको हो ।

वडा सचिव सागर दाहालका अनुसार १८ दिन सम्म सञ्चालन गरिएको सौन्दर्यकला सम्बन्धि आधारभूत तालिमको सञ्चालन समावेशी महिला सशक्तिकरण केन्द्रले गरेको थियो । तालिम सञ्चालनका लागि वडा सदस्य कल्पना राईले सहजीकरण गरेकी थिइन् ।

तालिमको शुक्रबार औपचारिक कार्यक्रमबीच समापन गरिएको छ । कार्यक्रममा वडाध्यक्ष अशोक सुब्बासहित जनप्रतिनिधि र कर्मचारीहरुले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *