झिलझिले, १३ चैत–शिवसताक्षी नगर खेलकुद विकास समितिले चैत २१ देखि २८ गतेसम्म ुमेयर कप सञ्चालन गर्ने भएको छ। शिबसताक्षी–११ झिलझिलेस्थित खेलकुद मैदानमा हुने मेयर कप अन्तर्गत पाँच वटा अलग–अलग (इभेन्ट) खेलहरुमा नगरको ११ वडाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आज (बुधबार) ब्याङ्डाँडास्थित शिबसताक्षी नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गरेर नगर खेलकुद विकास समितिले मेयर कप सञ्चालन बारेमा जानकारी गराइएको छ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष समेत रहनुभएका शिबसताक्षी नगरका युवा नेतृत्व सुरज रिङ्गालुङ राईले चैत २१ देखि २८ गतेसम्म झिलझिलेमा मेयर कप सञ्चालन हुने बताउनुभयो ।
अध्यक्ष रिङ्गालुङ राईका अनुसार यसपटक हुने मेयर कपमा फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र एथलेटिक्स खेलहरु समावेश गरिएको छ । मेयर कप सम्पन्न गर्न नगरपालिकाको कार्यालयले रु ८ लाख बजेट छुट्याइएको छ, पत्रकार सम्मेलनमा रिङ्गालुङले भन्नुभयो ।
सो मेयर कप अन्तर्गत फुटबल र क्रिकेटतर्फ बिजेता र उपबिजेता वडाले क्रमशः रु ५५ हजार र रु ४१ हजार, भलिबलका लागि बिजेताले रु ३५ हजार र रु २५ हजार नगरसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष रिङ्गालुङले जानकारी दिनुभयो । त्यस्तैं, अन्य खेलहरुतर्फ बिजेता र उपबिजेताहरुले पनि नगर पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा कराते खेल सम्पन्न गर्न शिबसताक्षीका कराते प्रशिक्षक तथा पूर्व खेलाडी दुर्गा उप्रेतीसहित प्राविधिक टिमलाई जिम्मेवारी प्रदान गरिएको रिङ्गालुङले जानकारी दिनुभयो । सो खेलका लागि नगर खेलकुद विकास समितिले रु ५० हजार छुट्याइएको छ ।
२१ गते, विहिबार झिलझिलेमा मेयर कप सुरु हुने आयोजकले जनाइरहे पनि मेयर कपको उद्घाटन कसले गर्ने भन्ने पत्रकार सम्मेलनमा जानकारी गराएनन् ।
पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुद शाखा प्रमुख छवि ढकाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का रेफि नरवीर (भाग्य) फागो, प्राइम बैंकका दिनेश लुइँटेल लगायत ११ वटै वडा खेलकुद विकास समितिका संयोजक, प्रतिनिधिहरू र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
