चारआली, १४ चैत–झापाको मेचीनगर नगरपालिका चाराआलीस्थित पाउ पाथीभरा मन्दिर परिषरमा आयोजना हुन लागेको ११ दिने शिव महापुराण ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ ।
समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानव कल्याण र विश्व शान्तिको कामनाका साथै धामको सुदृढ व्यवस्थापन गर्ने उद्देश्यले गर्न लागिएको शिव महापुराणको तयारी पूरा भएको आयोजकले जनाएको छ । पाउ पाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्र्धन समितिको आयोजनामा हुन लागेको महायज्ञमा पाठ–पारयण एवम् भजन कृतन तथा झाँकीसहितको महायज्ञ आगामी चैत १७ गतेदेखि शुरु भएर २७ गते सम्पन्न हुने पुराण व्यवस्थापन समितिका संयोजक लोकराज ढकालले जानकारी दिनुभयो ।
पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पूरा गर्न, विश्वशान्तिको कामना, राजनीतिक स्थायित्व र महामारी, विपति आइनपरोस् भन्नका लागि महायज्ञको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष तथा पुराण व्यवस्थापन समितिका संयोजक ढकालले जानकारी दिनुभयो ।
महायज्ञ सम्पन्न गर्न १ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरिनुका साथै १७ वटा उपसमिति गठन गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष तथा महायज्ञ समितिका पुजा व्यवस्थापन समितिका संयोजक यामनाथ बरालले जानकारी दिनुभयो ।
हरेक वर्ष पाउ पाथीभरा मन्दिर परिषरमा ज्ञान महायज्ञ आयोजना हुने गरेको र यसकै निरन्तरता स्वरूप नवाह महायज्ञ आयोजना गर्नलागेको र यसको सम्पूर्ण तयारी पूरा भएको संस्थाका वरिष्ठ उपाध्यक्ष तथा महायज्ञ समितिका पुजा व्यवस्थापन समितिका संयोजक बरालले जानकारी दिनुभयो ।
महायज्ञ सम्पन्न गर्न करिब १० लाख रुपैयाँँ खर्च लाग्ने अनुमान गरिएको संस्थाका कोषाध्यक्ष तथा पुराण व्यवस्थापन समितिका आर्थिक संयोजक लालबहादुर थेवे बताउनुभयो ।
१७ गते आईतबार उद्घाटन हुने महापुराण कथा प्रवचन दैनिक विहान ११ बजेदेखि ३ बजेसम्म, नित्य पूजा विहान ७ बजेदेखि १० बजेसम्म एवं रात्री जागरण साँझ ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने र उक्त महायज्ञ सब्य अनि भब्य रुपमा सम्पन्न गर्न मुल आयोजक समिति सहित विभिन्न उपसमितिहरु यतिबेला लागिपरेकाछ्न ।
महायज्ञको कथा वाचन आचार्य पं।बालकृष्ण अर्याल र पाठ पारायण पं।प्रदिप दवाडीबाट हुने प्रचारप्रसार समितिका संयोजक रेवत कुमार दाहालले जानकारी दिनुभयो । महायज्ञ सम्पन्न गर्न आर्थिक एवं विभिन्न रुपले सक्रियभई सहयोग गर्न आम जनसमुदाय समक्ष पुराण व्यवस्थापन समितिका संयोजक ढकालले अपिल गर्नुभएको हो ।
आगामी चैत २४ गते सामुहिक रामनवमीको अवसर पारेर सामूहिक ब्रतबन्ध तथा गुन्युचोली पनि हुने भएकाले यदि कसैको त्यस्तो चाहना भए सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
त्यस्तै, २६ गते साँझ लक्ष्यवर्ति दीप प्रज्वलन, श्रृङ्गार, आरती, महात्म्य आदि हुने र २७ गते बुधबार पूर्णाहुति, तिलक प्रसाद वितरण, गुरु पन्डित बिधाईसहित समापन हुने आयोजक समितिले जनाएको छ ।

