दमक, १४ चैत–श्रम बजार र रोजगार व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले दमक उद्योग बाणिज्य संघले दमकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र आसमान नेपाल संस्थाको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रमका सरोकारवालाहरुबीच श्रम तथा रोजगार व्यवस्थापन, नीति निर्माणमा सुधारका लागि छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष राजु खड्काले गरेका थिए। परियोजना संयोजक गणेश दाहालले विगत दुई वर्षमा २२ वटा सरकारी र गैरसरकारी संघसंस्थासँग सहकार्य गर्दै १७ हजार भन्दा बढी युवालाई रोजगारीका अवसरहरू प्रदान गरेको जानकारी दिए ।

उनले कोशी उद्योग वाणिज्य संघको स्टार्टअप प्रोजेक्टको उल्लेख गर्दै कोशी प्रदेशका १३७ वटा पालिकामा विभिन्न गतिविधिहरू संचालन गर्दै आएको बताए। यस प्रोजेक्ट अन्तर्गत करिकुलम विकास, उद्यमशीलता प्रवर्द्धनका लागि तालिम, पुस्तक प्रकाशन र रोजगार मेलाहरूको आयोजनासहित रोजगारका अवसरहरूको सृजना गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ र दमक वाणिज्य महिला उपाध्यक्ष सुष्मा निरौलाले निजी क्षेत्रको महत्वपूर्ण भूमिकाबारे चर्चा गरे।
सामाजिक विकास मन्त्रालयका प्रतिनिधि युवराज बास्तोला र दमकका मेन्टर वर्षा बास्तोलाले यी कार्यक्रमहरूले श्रम बजारको संरचनामा सुधार ल्याउनमा मद्दत पुर्‍याउने बताएका छन्।

कार्यक्रमको समन्वयमा रोजगार व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन ठोस सुझावहरू संकलन गर्ने अवसर प्रदान गरिएको आयोजकहरूले जनाएका छन्। कार्यक्रमको संचालन द्वितीय उपाध्यक्ष ज्ञाननाथ पौडेलले गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा सल्लाहकार समिति संयोजक राजकुमार श्रेष्ठ, कार्यसमिति सदस्य तुलसीराम तिम्सिना, कार्यसमिति सदस्य अन्जना ताम्राकार, कार्यसमिति सदस्य संगीता तुम्बापोसहित विभिन्न वस्तुगत सङ्घका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *