काठमाडौं, १५ चैत–काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनका क्रममा घाइते एक युवकको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार तीनकुने क्षेत्रमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा। सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका थिए । ‘४ः३० बजे अस्पताल ल्याउँदा अस्पताल आउँदा नै मृत्यु भएको थियो । घाँटीमा गोली लागेको रहेछ,’ आचार्यले भने।

राजावादी प्रदर्शनमा सुरक्षाकर्मीसहित २२ जना घाइते
राजावादी समूहले गरेको प्रदर्शनमा प्रहरीसहित २२ जना घाइते भएका छन् । अहिलेसम्मको विवरणअनुसार घाइते हुनेहरूको संख्या २२ पुगेको प्रहरीले जनाएको छ । जसमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फका घाइते भएका छन् ।

प्रदर्शनमा काठमाडौं गुहेश्वरका ४३ वर्षीय राजु श्रेष्ठ, करिना साही, पुष्कलराज जोशी, राजेश श्रेष्ठ, बद्री वन, सुमन गुरुङ, निराजन बम, ओमबहादुर श्रेष्ठ, माधव कडेल, शंकर तिवारी, निखिल कार्की, कुमार जंग राना, उद्धव श्रेष्ठ, विकासकुमार गौतम, रोजन पहरी, सुजन थापा, सन्तोष बोहोरा, विकास संगौला, रुद्र कार्की, विशाल निरौला, मनी सिंखडा घाइते भएका छन् ।

त्यसैगरी सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार चन्द्र बुढा पनि घाइते भएका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि तोडफोड र आगजनी भएको थियो । सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *