राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र

काठमाडौँ, १५ चैत—काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्‍याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मिश्रसहित राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङ, स्वागत नेपाललाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *