नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौं, १६ चैत–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकढिक्का भएको भन्दै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन् । नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाक्रमबारे चर्चा गर्दै पूर्वराजा शाह संवैधानिक राजा बन्न नसक्ने दोहोर्याए । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘हिजोको घटना जो काठमाडौंमा भयो, जसरी पूर्वराजाको नाममा हुलहुज्जत भयो ।

अराजक तरिकाले धेरै घटना भयो । यी पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् रु यिनी कहिल्यै पनि संवैधानिक राजा बनेका पनि छैनन् । बन्ने पनि छैनन् ।’

उनले गणतन्त्र स्थापनाको लागि नेपाली जनताले ठूलो त्याग र बलिदानी दिएका स्मरण गर्दै भने, ‘मुलुक गणतन्त्रबाट पछाडि फर्किंदैन ।’ राजावादीका नाममा भएका जुनसुकै हर्कतले पनि गणतन्त्रलाई कुनै प्रभाव नपार्ने भन्दै कांग्रेस पनि त्यसतर्फ स्पष्ट रहेको उनले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *