दमक, १६ चैत–नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार भएको तोडफोड र आगजानीको घट्नाप्रति ज्ञजिल्ला कमिटी झापाले घोर निन्दा र भत्सर्ना गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी भापाले हिजो (शुक्रबार) राजवादीहरुको प्रदर्शनको क्रममा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भौतिक सामाग्रीहरु तोडफोड गर्नुका साथै महत्वपूर्ण कागजातहरु जलाएर नष्ट गरिएको भन्दै घोर निन्दा र भत्सर्नाा गरेको हो ।

पार्टी जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मी र सचिव बिपी भट्टराईको संयुक्त हस्ताक्षरको प्रेष विज्ञप्ती प्रकाशन गरि केन्द्रीय कार्यालयमा मण्डले अराजकहरुले गुण्डागर्डी शैलिमा देखाएको हर्कतले गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

राजनीतिक बिचार, मतअभिमत, दृष्ट्रिकोण राख्न अनेकौ उपायहरुलाई अवलम्वन नगरी भौतिक संरचना तोडफोड गर्नुलाई हिंस्रक र पशुत्वको शैली भएको समेत सो विज्ञेप्तीमा जनाइएको छ । लुटपाट गर्ने शैलीसहितको आलोकनगरको घटना अत्यन्तै हिंस्रक देखिएको र त्यसवाट उत्पन्न समस्यालाई उचित क्षतिपूर्ति दिलाउनसमेत विज्ञेप्ती मार्फत सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ ।

त्यस्तैं, हिजो भएको समाजवादी मोर्चासहित राजवादीहरुको प्रदर्शनको क्रममा मृत्यूहुनेहरुप्रति एकीकृत समाजवादी जिल्ला कमिटी झापाले श्रद्धाञ्जली प्रस्तावसमेत पारित गरेको छ । प्रदर्शनको क्रममा घाइतेहनेहरुको सिघ्रस्वास्थ्य लाभको कामना समेत विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

सो विज्ञेप्तीमा शुक्रबारकै प्रदर्शनबीच एक पत्रकारसहित अर्का एक प्रदर्शनकारीको ज्यान र्गएको छ । त्यसैगरी, व्यापारिक तथा व्यवसायीक कम्पनी, प्रेस जगत, संचार माध्यम संस्था, यातायातका साधनहरु तोडफोड भएको, घट्नाप्रति चासो र चिन्ता व्यक्त गरिएको छ ।

बानेश्वरस्थित ओलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा कुर्सी, टेवल, दराज, सिसाका झ्याल, ढोका र होडिङबोर्ड र तस्विहरु लोडफोड गरिएको थियो भने पार्टीका प्रकाशनहरु जलाएर नष्ट गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *