भद्रपुर–नेकपा (एकीकृत समाजवादी) निकट सरकारी कर्मचारीहरुको पेशागत हक र अधिकारका लागि स्थापना भएको एकीकृत सरकारी कर्मचारी संगठन, केन्द्रीय समितिले झापाको भद्रपुरमा विचार गोष्ठी सम्पन्न गरेको छ ।
भद्रपुरस्थित सगरमाथा चोकको डेग्लो होटलमा आज (विहिबार) संघीयतामा ‘सार्वजनिक सेवा प्रवाहको अपेक्षा र समिक्षा’ विषयमा विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो ।
संगठनका केन्द्रीय अध्यक्ष यामबहादुर खत्रीको अध्यक्षतामा र पार्टीका उपमहासचिव तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहनुभएका प्रदेश इन्चार्ज राजेन्द्र राईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रमको उद्घाटन समारोहमा संगठनका महासचिव प्रकश राईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रसगै एकीकृत सरकारी कर्मचराी संगठनको स्थापना दिवसको अवसरमा विचार गोष्ठीमा कार्यक्रमको औचित्य, संगठनात्मक गतिविधिहरु मन्तव्य राख्नुभएको संगठनका वरिष्ठ उपाध्यक्ष चेतनाथ न्यौपानेले जानकारी दिनुभयो ।
समारोहमा पार्टीका पोलिटव्यूरो सदस्य तथा कोशी प्रदेशसभाकी सदस्य खिनु लुङ्वा लिम्बूले उठेका विषय वा सन्दर्भमाथि टिप्पणी गर्नुभएको थियो । सोही समारोहवीच सेवा निवृत्त कर्मचारीहरू बलराम पराजुली र रामप्राद पोखरेलाई सम्मानसमेत गरिएको संगठनका वरिष्ठ उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
त्यस्तैं, संगठनको स्थापना दिवसको अवसर पारेर उपहार योजनामा प्रथम पुरस्कार विजेता झापा भद्रपुरका विनित पोखरेललाई पल्लसर मोटरसाइकल प्रदान गरिएको थियो।
एकीकृत सरकारी कर्मचारी संगठन कोशी प्रदेश समितिको संयोजन र जिल्ला कार्यसमिति झापाको व्यवस्थापनमा सम्पन्न विचार गोष्ठीमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई, पार्टी झापाका इन्चार्ज तथा पूर्वसांसद पुष्पराज पोख्रेल, केन्द्रीय सदस्य नीलमणी बराल, केन्द्रीय सदस्य तथा अधिबक्ता चन्द्रा श्रेष्ठ, केन्द्रीय सदस्य साविता भेटुवाल, पार्टी झापा अध्यक्ष बेदराज रेग्मी लगायतका नेताहरुले एकीकृत सरकारी कर्मचारी संगठनको स्थापना दिवसको सन्दर्भमा आयोजित विचार गोष्ठीमा आ–आफ्ना शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संगठनका संस्थापक तथा सल्लाहकार शहिद मनोज झपेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष मोहनकुमार घिमिरे, ट्रेड युनियनका तर्फबाट नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य बशिष्ठ अधिकारी, नेपाल निजामती कर्मचारी युनियनका कविन्द्र बिक्रम नेम्बाङ, राष्ट्रिय कर्मचारी संगठन निजामतीका झापा अध्यक्ष रामचन्द्र बस्नेत, नेपाल निजामती कर्मचारी संगठनका ाझापा अध्यक्ष हिरणय न्यौपाने, एकीकृत सरकारी कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष चेतनाथ न्यौपाने, उपाध्यक्ष एबम् कोशी प्रदेश इन्चार्ज भुवन राई, महासचिव प्रकाश राई, सचिव टिकादेबी आचार्य, तीर्थराज जिसी, संगठनका केन्द्रीय सदस्यहरु प्रदेश कार्यसमिति अध्यक्ष योगेश्वर खनाल लगायतको उपस्थिती रहेको थियो ।
विचार गोष्ठी समारोहमा पार्टी जिल्ला कमिटी झापाका पदाधिकारीहरु, सदस्यहरु, स्थानिय पालिका कमिटीका अध्यक्ष तथा प्रतिनिधीहरु र स्थानीय पत्रकारहरुको सहभागिता थियो ।
कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठन झापाका अध्यक्ष निरज कट्टेलले स्वागत मन्तव्य, कोशी प्रदेश अध्यक्ष योगेश्वर खनालले धन्यवाद मन्तव्य र केन्द्रीय सचिव टीकादेवी आचार्यले सञ्चालन गर्नुभएको थियो ।
