काठमाडौं, १७ चैत–कुलमान घिसिङ पुनर्वहाली संयुक्त आन्दोलन परिचालन समितिले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको निर्णय विरुद्ध संयुक्त विरोध प्रदर्शन गरेको छ।
आज (आइतबार) राजधानीको माइतीघरमा कुलमान घिसिङलाई पूनर्वहालीको माग गर्दै वृहत प्रदर्शन गरिएको हो।
सरकारले गत सोमबार घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि चौतर्फी विरोध भइरहेको छ।
