झापा, १७ चैत्र–सरकारले सोमबार (चैत १८) सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इदको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
उक्त पर्वको अवसरमा मिति २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,ु गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
