माइधार (शिबसताक्षी), १७ चैत–दमकलाई कार्यथलो बनाएर पत्रकारितामा क्रियाशिल पत्रकार बिष्णु सुब्बा सम्मानित भएका छन् । प्रथम ज्योतिष दिवसको अवसर पारेर नेपाल ज्योतिष परिषद, दक्षिण एशियाली ज्योतिष महासंघ र विश्व ज्योतिष महासंघ कोशी प्रदेशको आयोजनामा पत्रकार सुब्बा सम्मानित भएका हुन् ।
महासंघ झापाका केन्द्रीय प्रतिनिधि सुब्बालाई ती संस्थाले संयुक्त रुपमा सम्मान पत्र, नगद राशीसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
तीन दशकदेखि पत्रकारिता क्षेत्रमा कृयाशील सुब्बा हाल राष्ट्रिय समाचार समितिको संवाददातासहित प्रदेशबाणी अनलाईन न्यूज पोर्टलका सम्पादक तथा सञ्चालक समेत हुन् ।
आइतबार, शिबसताक्षी–१० माइधारमा आयोजित कार्यक्रममा नेपाल ज्योतिष परिषदका कोशी प्रदेशका अध्यक्ष बाबुराम निरौलाको अध्यक्षता तथा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा पत्रकार सुब्बासहित ज्योतिष विधाबाट सिन्धुशास्त्री सन्तोष पोख्रेल, ज्येष्ठ ज्योतिष गिताराम लम्साल, धर्मशास्त्र विधाबाट दिुषी वृन्दा बराल, ज्योतिष तन्त्रबाट ज्ञानेन्द्र खरेल, सहयोगी दाताका रुपमा गोमादेवी मिश्र (न्यौपाने) गरि छ जनालाई एकैसाथ सम्मान गरेको थियो ।
झापाभरका ज्योतिषहरुको उल्लेखीय सहभागिता रहेको सो कार्यक्रममा सहभागि वक्ताहरुले पूर्विय सभ्यतामा ज्योतिष बिज्ञानको ठुलो महत्व रहेकाले ज्योतिष विज्ञानको विकासमा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख कार्की, ज्योतिष परिषदका केन्द्रीय उपाध्यक्ष सिताराम लुईंटेल, सम्मानित पत्रकार सुब्बा, बिदुशी बृन्दा बराल लगायतले ज्योतिष बिज्ञानको विकासमा सवैको योगदान आवश्यक भएको चर्चा गरे ।
कोकिला ढुंगेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संयोजक नारदमणी न्यौपानेले कार्यक्रमको विषय माथि प्रकाश पारेका थिए ।
