काठमाडौँ, १७ चैत–नेकपा (एकीकृत समाजवादी) ले राजावादीहरूले प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यालयसहित भौतिक संरचनाहरूमा गरेको आगजनी, तोडफोड र लुटपाटविरुद्ध चैत २५ गतेभित्रै सबै प्रदेश, जिल्ला र स्थानीय कमिटीमा भण्डाफोर र प्रदर्शन गर्ने भएको छ।

शनिबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सो पार्टीले राजावादी हर्कतबिरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको उपाध्यक्षसमेत रहुन भएका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो।

‘हाम्रो पार्टी कार्यालय काठमाडौँ आलोकनगरस्थित केन्द्रीय कार्यालय र काठमाडौँ जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष माधवकुमार नेपालको निवासलगायतका स्थानमा भएको ढुंगामुडा, तोडफोड र आगजनीविरुद्ध यही चैत २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसङ्गठनहरूले सम्बन्धित तहमा देशव्यापी विरोध प्रदर्शन गर्ने’, बैठकले पारित गरेको निर्णयमा समाजवादीले भनेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *