काठमाडौं, १८ चैत–नेकपा (माओवादी केन्द्र) को भ्रातृसंस्था प्रेस सेन्टर नेपालको अध्यक्ष कमल गिरी निर्वाचित भएका छन्।

गएराति सम्पन्न मतदानमा गिरीले ३६६ मत ल्याएर विजयी भए। उनको प्रतिस्पर्धी दीपेन्द्र रावलले १ सय ७५ मत पाए। यस्तै, वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारीले ३९७ मत ल्याएर विजयी हुँदा सुदिप बर्देवालाई पराजित भए।

सेन्टरको ५ जना उपाध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

महासचिवमा मनोज घर्तिमगरले ३७९ मत पाएर विजयी भए। उनका प्रतिस्पर्धी दिपेन्द्र शर्माले १४८ मत पाए। यस्तै उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल विजयी भए।

उपमहासचिव महिलामा लक्ष्मी आचार्य, उपमहासचिव दलितमा हरिश बिक, उपमहासचिव मधेशीमा अनिल मिश्र, उपमहासचिव आदिवासी जनजातिमा बुद्ध लोप्चन निर्विरोध निर्वाचित भए।

सचिव खुलमा सुरेन्द्र चालिसे र सन्तोष देउजा, महिला सचिवमा अन्जली थापा, समावेशी सचिवमा अवतार राई र कोषाध्यक्षमा वसन्त गिरी निर्वाचित भएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *