काठमाडौं, १९ चैत–त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज (मंगलबार) हुँदैछ ।

यसअघि स्थगित भएको निर्वाचन मंगलबार हुन लागेको हो । मतदान बिहान ८ बजेबाट ४ बजेसम्म हुनेछ ।

निर्वाचनमा अनेरास्ववियुबाट प्रमित विष्ट उम्मेदवार बनेका छन् । नेविसंघले गोविन्द कोइरालालाई सभापतिको उम्मेदवार बनाएको छ ।

सचिवमा अनेरास्ववियुबाट सुमन पुलामी र नेविसंघबाट आशिष गिरी उम्मेदवार बनेका छन् ।

कोषाध्यक्षमा अनेरास्ववियुबाट सुवास विडारी र नेविसंघबाट दुषयन्त गौतम उम्मेदवार छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *