पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौं, ३१ चैत–नेकपा (माओवादी केन्द्र)० का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले १७ हजार मानिसहरूको मृत्यु युद्धका क्रममा भएको बताएका छन्।

शनिबार संक्रमणकालीन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले मुलुकलाई इतिहासको पछाडितिर धकेल्न चाहनेहरूले माओवादी केन्द्र र विशेषगरी आफूमाथि १७ हजार मानिस मारेको आरोप लगाएको बताएका हुन्।

ुयो त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो । राज्य पक्षले कति मार्‍यो, विद्रोहीले कति के गर्‍यो भन्नेकुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ,ु उनले भने, ु १७ हजार माओवादीले, अझ प्रचण्डलेरु हत्याको कुरा छाड्दिनुस् मैले अहिलेसम्म एक जनालाई पिटेको पनि छैन।ु

अध्यक्ष प्रचण्डले युद्धको नेतृत्व आफूले लिएको र शान्ति प्रक्रियामा आएपछि सम्पूर्ण कुराको जिम्मा लिन्छु भनेको बताए।

‘तर यति धेरै गलत आरोप लागिराख्दा विभिन्न बुद्धिजीवि, राजनीतिक दल, सात राजनीतिक दल कोही पनि बोलेको देखिएको छैन’ उनले भेन।
त्यतिबेला सबै मिलेर १२ बुँदे समझदारी गरेको तर अहिले बोल्नुभन्दा नबोल्नु ठीक भनेर अरू पक्षहरूले मौनता साधेको प्रचण्डले बताए।

‘यसरी शान्ति प्रक्रियालाई साँचो अर्थमा निस्कर्ष र दिगो बनाउन सकिँदैन । सत्यलाई सत्य भनेर राख्ने आँट हामी गर्न सकिँदैन भने कसरी समाजलाई नयाँ स्थायित्व र रुपान्तरणतिर लैजान सकिन्छरु’ उनले भने ।
न्युज एजेन्सी नेपाल

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *