झापा, ३१ चैत–झापा, सुनसरी र तेह्रथुमबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन ।

चैत ३१ गते झापाको बिर्तामोडस्थित अस्थायी प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–१ स्थितबाट ताप्लेजुङ फुङ्लिङ नगरपालिका–६ का २१ वर्षीय युगल दर्जी सिवालाई १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय पकलीले रामधुनी नगरपालिका–३ का २२ बर्षीय मनिष तामाङलाई ४ सय २० मिलिग्राम ब्राउनसुगरसहित र इलाका प्रहरी कार्यालय लौकहीले भोक्राहा नर्सिङ गाउँपालिका–६ का एक वालकलाई १ हजार ४ सय १० चक्की ट्रमाडोल सहित नियन्त्रणमा लिएको छ ।

सोही दिन तेह्रथुमको प्रहरी चौकी जिरिखिम्तिबाट खटिएको गस्ती टोलीले म्याङ्लुङ–८ का कवुहाङ लिम्वुलाई निषेधित औषधी ८ सय चक्की सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानूनी कारबाही भइरहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *