काठमाडौं, २३ असोज–नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५० पैसा रहेको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०४ रुपैयाँ ६६ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २८ पैसा र बिक्रीदर १८६ रुपैयाँ कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७८ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ५५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ०६ पैसा र बिक्रीदर २३ रुपैयाँ १५ पैसा कायम भएको छ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ १७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३३ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४० पैसा र बिक्रीदर ४२ रुपैयाँ ५७ पैसा तोकिएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ४२ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४२ रुपैयाँ २५ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।

स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५ रुपैयाँ ४९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १२ पैसा र बिक्रीदर २३ रुपैयाँ २१ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ५०३ रुपैयाँ ५२ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४११ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ।

त्यस्तै, ओमनी रियाल एकको खरिददर ४०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ०२ पैसा कायम गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछन् । अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *