दमक, २३ असोज–दमक–५ मामाचोक नजिकै एकै स्थानबाट ‘पहाडे अर्गानिक भान्साघर’ तथा ‘पहाडे अर्गानिक हब’ सञ्चालनमा आएको छ ।
बिहिबार, बिहान एक संक्षिप्त कार्यक्रमको आयोजना गरी भान्साघर तथा अर्गानिक हबको औपचारिक शुभारम्भ गरिएको हो। खासगरी, रबि क्षेत्रमा पाइन्ने पहाडी अन्नपातसहित खानाका परिकारहरु र पहाडे अर्गानिक (साग-सब्जि र तरकारी) हवमा सिस्नु, गुन्द्रुकदेखि विभिन्न तरकारी तथा फलफूलहरु पाइन्छ ।
औपचारिक शुभारम्भ कार्यक्रमका होटल व्यवसायी महासंघ, कोशी प्रदेशका अध्यक्ष राजन दङ्गालले रिवन काटेर भान्स घरसहित अर्गाीनक हवको उद्घाटन गर्नुभएको छ । उद्घाटन पश्चात होटल व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष दंगालले दमकमा अर्गनिक खानपान र त्यसलाई बजारीकरण गर्न शुभकामना व्यक्त गर्नुभयो ।
पहाडे अर्गानिक भान्साघर तथा पहाडे अर्गानिक हबका सञ्चालक रबिन चाम्लिङ राईले अर्गानिक रूपमा उत्पादन भएका तरकारी तथा स्थानीय उत्पादनबाट तयार पारिएका खाना तथा खाजा दमकवासीलाई उपलब्ध गराउने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याइएको बताउनुभयो।
पाँचथरको रविमा उत्पादनको प्रवद्र्धन गर्दै उपभोक्तालाई स्वस्थ, ताजा र गुणस्तरीय अर्गानिक खाना उपलब्ध गराउने आफ्नो मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य तथा अम्बिका माछा फ्राईकी सञ्चालिका डुका कुमाल, दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमाल लगायतको उपस्थिति रहेको थियो।

