गोकुल बाँस्कोटा

काठमाडौं, १ वैशाख–नेकपा (एमाले) का सांसद तथा पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले नेपालमा राजतन्त्रको भविष्य सकिसकेको बताएका छन् ।

काभ्रेमा प्रेस चौतारी नेपालले आज (सोमबार) आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले यस्तो बताएका हुन् ।

सांसद बाँस्कोटा ले भने, ‘नेपालमा राजतन्त्रको भविष्य समाप्त भइसकेको छ, । १८ वर्षअघि नै नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन ।’

नेपाल लोकतन्त्रको राजमार्गमा आफ्ना कमजोरी र त्यसका बलिया कुराहरूलाई थप व्यवस्थित, परिमार्जित र दृढ निश्चयका साथ नेपाली समाजलाई अगाडि बढाउन दृढता पूर्वक लागिरहेको बाँस्कोटाको भनाइ थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *