दमक, १ बैशाख–दमक सहित आसपासका स्थानीय क्षेत्रमा सामाजिक तथा संचेतना मुलक कार्यक्रमहरु गर्दै आइरहेको जीवन चक्र समाज नेपालले नयाँ वर्ष २०८२ को प्रारम्भको दिन दुर्लभ रक्तदातालाई सम्मान गरेको छ ।
जीवन चक्र समाज नेपालले आज (सोमबार) एक कार्यक्रमको आयोजना गरेर दमकका पुराना व्यवसायी समेत रहनुभएका दुर्लभ रक्तदाता बिष्णु साहलाई सम्मान गरेको हो ।
व्यवसायी विष्णु साह ओ नेगेटिभ ब्लड ग्रुप भएका रक्तदाता हुनुहुुन्छ । साहले ८६औं पटक रक्तदान गरिसकेका छन् ।
साहले रक्तदान कार्यमा अतुलनीय योगदान गरेको ठहर गर्दै जीवन चक्र समाज नेपालले नयाँ वर्षको प्रारम्भको दिन सम्मान कार्यक्रम आयोजना गरिएको सचिव तथा व्यवसायी गणेश प्रधानले जानकारी गराउनुभयो ।
जीवन चक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद (जी पी) गौतमको अध्यक्षतामा दुर्लभ रक्तदाता साहलाई सम्मान गरिएको हो ।
संक्षिप्त सम्मान पत्र हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्ष बेनुराज प्रसाई, सचिव गणेश प्रधान, कोषाध्यक्ष बिदुर भण्डारी, अनुशासन समितिका संयोजक बासुदेव काफ्ले, कदम थ्रिएटरका निर्देशक तथा कलाकार सिजन दाहाल, सामाजिक व्यक्तित्व वीरेन्द्र श्रेष्ठ, स्वरोजगारका हलुका सवारी अध्यक्ष बालकृष्ण श्रेष्ठ, शिक्षक प्रकाश भण्डारी, नेकपा एमाले नगर सचिव गिरेन्द्र चम्लागाई, रेडक्रसकर्मी बिनोद अधिकारी लगायतका उपस्थिति रहेको थियो ।
त्यसवीच, सम्मानित व्याक्तित्व साह लगायतले आजदेखि प्रारम्भ भएको नयाँ वर्ष २०८२ को शुभकामना तथा शुभेच्छासहितको आ–आफ्ना विचारहरु आदानप्रदान गरिएको समाजका अध्यक्ष जीपी गौतमले जानकारी दिनुभयो ।
