इटहरी, १ वैशाख–सुनसरीमा गोली लागेर दुई जना घाइते भएका छन्। सोमबार राति देवानगन्ज गाउँपालिका(७ राशीस्थित बजारमा अपरिचित व्यक्तिले गोली प्रहार गरेको प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।

उनका अनुसार गोली लागेर सोही ठाउँका शिवकुमार मेहेता र रविन्द्र यादव घाइते भएका छन्। उनीहरूको तिघ्रा र ढाडमा चोट लागेको छ। घाइते दुवै जनालाई विराटनगर अस्पतालमा पठाइएको छ।

अहिले घटनास्थलमा प्रहरीको टोली खटिएको छ। अनुसन्धानका लागि विभिन्न युनिटका प्रहरीहरू परिचालन भएका छन्।

प्रहरी निरीक्षक अधिकारीका अनुसार तीन राउण्ड गोली चलेको हो। त्यसको खोका भने एउटा मात्रै फेला परेको छ।

गोली प्रहार गर्ने व्यक्तिको पहिचान भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *