जाजरकोट, २ वैशाख–जाजरकोटमा सात घण्टाको फरकमा दुईवटा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति र आज बिहान गरेर दुईवटा भूकम्प गएका हुन् ।

पहिलो भूकम्प गए राति ९ बजेर ३१ मिनेटमा ४।१ म्यागनिच्युटको भूकम्प गएको थियो भने दोस्रो भूकम्प आज बिहान ४ बजेर ५३ मिनेटमा ४।४ म्याग्निच्युटको भूकम्प गएको हो ।

लगातार गएका यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । पछिल्लो समय पश्चिम नेपालमा लगातार ससाना भूकम्प गइरहेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *