काठमाडौँ, २ वैशाख–नेकपा (एकीकृत समाजवादी) महासचिव घनश्याम भूसालले आगामी वर्षमा देशमा झन् ठूला संकट आउने सक्ने पूर्वानुमान गर्नुभएको छ।

नयाँ वर्ष २०८२ को शुभकामना सन्देश जारी गर्दै महासचिव भूसालले उक्त अनुमान गर्नुभएको हो। मुलत राज्य सत्ताको नेतृत्व गरिरहेको एमालेका कारण मुलुकले संकट ब्यहोरी रहेको महासचिव भूसालको दाबी छ।

सामाजिक सञ्जाल फेशबुकमार्फत भन्नुभएको छ, ‘सत्तालम्पट नेतृत्वले गर्दा मुलुकले एकपछि अर्को सङ्कट ब्यहोर्दै छ। यही नेतृत्व र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जानै सक्दैनन्। त्यसैले यो वर्ष अझ ठूला सङ्कट आउन सक्छन्। हामी सबैको प्रयत्नले लोकतान्त्रिक गणतन्त्र जोगाउन सकौँ। सबैमा नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *