दमक, २ बैशाख–साहित्य कला संगम दमकले विभिन्न व्यक्तित्वहरुलाई पुरस्कार प्रदान गरेको छ । आइतवार दमकको केवीआर होटलमा एक कार्यक्रम गरि संस्थाले बर्षेनी वितरण गरिआएको बिभिन्न तीन वटा पुरस्कार साहित्यीक क्षेत्रका अग्रजसहित संस्थालाई एकैसाथ प्रदान गरिएको छ ।
यसरी पुरस्कृत हुनेहरुमा भवानी मिश्र पुरस्कारबाट डा।टिकाप्रसाद भण्डारी (काठमाण्डौं) बुलु मुकारुङ (भोजपुर), होम सुबेदी (झापा), हरि कट्टेल (मोरङ्ग) र बरदान समूह (दार्जिलिङ) रहेका छन् ।
त्यस्तै, साहित्य कला श्री पुरस्कारबाट कदम थिएटर (दमक), र तुलसा देवी स्मृति पुरस्कारबाट सुनसरीकी कुन्ता शर्मालाई प्रदान गरिएको छ ।पुरस्कृत श्रष्टाहरुलाई सम्मान पत्र, दोसल्ला, मायाको चिनो र जनही नगद रु ३५ हजार राशीको पुरस्कारका साथ सम्मान गरिएको थियो ।
भारत दार्जिलिङ निवासी बरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडाको प्रमुख आतिथ्यता तथा साहित्य कला संगम दमकका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो ।
सङ्गमका महासचिव दीपक सुवेदीले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष बिन्दु दाहाल मुकदर्शकले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्राज्ञ मुनाराज शेर्मा, साहित्यकारहरु पुण्य खरेल, खेम नेपाली, देवीचरण भण्डारी, मोहन ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा श्रष्टाहरुको सम्मानपत्र संस्थाका उपाध्यक्ष यादवप्रसाद अधिकारी,कोषाध्यक्ष ओमप्रसाद खनाल,सदस्यहरु लेखनाथ न्यौपाने, बिरेन्द्र खडका, मेघनाथ बन्धु लगायतले वाचन गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु चन्द्र भण्डारी, डा.टिका भण्डारी बुल मुकारुङ, सोनु राई, हेमन्त बुढाथोकी, होम सुवेदी,हरि कट्टेल, कुन्ता शर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा साहित्यकारहरुको उल्लेख्यीय उपस्थिति रहेको थियो ।
