सुमना श्रेष्ठ

काठमाडौं, ४ वैशाख–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन्।

प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट केही समयअघि नै राजीनामा बुझाएको रास्वपाका एक सचिवालय सदस्यले जानकारी दिए।

‘पार्टीको जिम्मेवारीमा भन्दा अहिले मेरो आवश्यकता विधायकी भूमिकामा छ भन्दै उहाँले सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको हो,’ ती सचिवालय सदस्यले भने, ‘सदनमा रास्वपाको भूमिका पनि जति सक्रिय हुनुपर्ने हो त्यति नभएकोले म विधायकी भूमिकामा बढी सक्रिय हुन चाहन्छु।’

श्रेष्ठले केही समयअघि नै पार्टीभित्र राजीनामाको घोषणा गरिसकेको भए पनि आज (बिहीबार) बस्ने केन्द्रीय समिति बैठकमा राजीनामा पत्र पेस गर्ने तयारी गरेको उनीनिकट एक नेताले बताए।

यसअघि केन्द्रीय समिति बैठकमा रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति नै पुनर्संरचना गर्ने बताएका थिए। तर, श्रेष्ठले त्यसअघि नै आफू पार्टीकोभन्दा पनि संसदीय भूमिकामै बढी केन्द्रित हुन चाहेको बताएकी थिइन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *