काठमाडौं, ४ वैशाख–रियल मड्रिडलाई पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।

गएराति क्वार्टरफाइनलको दोस्रो लिगमा आर्सनलले रियललाई उसको घरमा १-२ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

सान्टियागो बर्नाबेउमा रियलविरूद्ध ५६ मिनेटमा बुकायो शाकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाए।

६७ मिनेटमा रियलका भिनिसियस जुनियरले बराबरी गोल फर्काए।

त्यसपछि निर्धारित ९० मिनेटपछि थपिएको समयको तेस्रो मिनेटमा ग्याब्रियल मार्टिनेलीले गोल गर्दै रियललाई उसकै घरमा हराएको हो।

रियललाई सेमिफाइनल पुग्न आर्सनललाई कम्तिमा ४-० गोलले हराउन आवश्यक हुन्थ्यो।

पहिलो लेगमा आर्सनलले आफ्नो घरेलु मैदानमा रियललाई ३-० गोलले पराजित गरेको थियो।

दोस्रो लेगमा १-२ गोलले पराजित गरेपछि आर्सनल एग्रिगेटमा ५-१ गोलले विजयी हुँदै सेमिफाइनल पुगेको हो।

सेमिफाइनलमा आर्सनलले पिएसजीसँग खेल्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *