गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी

कपिलवस्तु, ५ वैशाख–कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ। अध्यक्ष चौधरीलाई लक्ष्य गरी बिहीबार राति साढे ११ बजे गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

डीएसपी अधिकारीका अनुसार अध्यक्ष चौधरीलाई लक्षित गरी कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित आफ्नै घरको परिसरमा गोली प्रहार भएको हो । शुद्धोधनको अध्यक्ष भए पनि अध्यक्ष चौधरी मायादेवीस्थित घरमा बस्दै आएका थिए।

डीएसपी अधिकारीका अनुसार शौचालय गएर फर्किने क्रममा गोली प्रहार भएको हो । घटनास्थलमा पेस्तोलमा प्रयोग हुने गोलीको खोका भेटिएको छ।

अध्यक्ष चौधरीलाई सकुशल छन् । उनलाई गोली नलागेको डीएसपी अधिकारीले बताए । ‘अध्यक्ष ज्यूले बताए अनुसार शौचालय गएर फर्किदै गर्दा घरको गेटबाहिरबाट कसैले गोली प्रहार गरेको रैछ, उहाँ भने सकुशल हुनुहुन्छ’, उनले भने, ‘घटनास्थलबाट गोलीको खोका पनि बरामद भएको छ ।’ घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *