दमक, ६ वैशाख–नेकपा (एकीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी) झापाको आज सम्पन्न भेलाले सन्तोष इजमको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

बिर्तामोडस्थित एकीकृत समाजवादी पार्टी कार्यालयमा शनिबार सम्पन्न भेलाले शिबसताक्षी–६ शिबगञ्ज निवासी इमजको अध्यक्षतामा नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी) जिल्ला कमिटी झापा गठन गरिएको हो ।

सो कमिटीको उपाध्यक्षद्धयमा पोलाहाङ साम्सुहाङ, इन्दु खबास, सचिवमा टिकबहादुर लिम्बु, उपसचिवत्रयमा सरस्वती लिम्बू, भोला भेचे, बालकृष्ण आले रहनुभएको छ ।

त्यस्तैं, सदस्यहरुमा मोती दनुवार, ओम मगर, राम मुखिया, पुजा राजवंशी, श्याम राजवंशी, सरला राजवंशी, सुजता मादेन छन् ।

महासंघका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज अर्जुन मेचेको अध्यक्षतामा र एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा झापाका सहइन्चार्ज नीलमण्ी बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो कार्यक्रममा विशिष्ट अतिथी नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी) कोशी प्रदेश कमिटीका अध्यक्ष टेकवहादुर तामाङ रहनुभएको थियो ।

त्यस्तैं, कार्यक्रममा महासंघ केन्द्रीय सदस्य प्रत्युष राना मगर, कोशी प्रदेश कमिटी उपसचिव भीमकुमार लिङ्देन, प्रभु राजवंशी, पार्टी प्रदेश कमिटी सदस्य दुर्गा आचार्य, सोमनाथ गुरागई, प्रदेश कमिटी सदस्य तथा समाजवादी प्रेष संगठन केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मी, सचिव बिपी भट्टराई, पार्टी भद्रपुर नगर अध्यक्ष पदम सुब्बा, पार्टी बिर्तामोड नगर इन्चार्ज श्रीप्रसाद मिश्र, कार्यालय सचिव पशुराम शकंरलगायतको उपस्थिती थियो ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तथा पार्टी शिबसताक्षी नगर अध्यक्ष नबीन इजमले स्वागत मन्तव्य गर्नुभएको कार्यक्रमको सञ्चालन महासंघ कोशी प्रदेश कमिटी सचिव सानुकुमार लामाले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *