डा.जगमान गुरुङ

काठमाडौँ, ६ वैशाख–राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले २०८२ को जेठ १५ गते गणतन्त्रको अन्त्य हुने घोषणा गरेका छन्।

शनिवार काठमाडौंमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले आन्दोलन कसरी जाने भन्नेकुरा अर्को कार्यक्रममा भन्ने स्पष्ट पारे।

उनले मान्छे मर्नुपर्‍यो भने उसैको जन्म महिना, उसैको जन्मवार, उसैको जन्मतिथि, उसैको जन्म नक्षत्रमा मर्ने बताउँदै गणतन्त्र आएको पनि जेठको १५ गते र अन्त्य पनि जेठ १५ मै हुने बताए। २०८२ को जेठ १५ गते राजतन्त्र फर्किने तर्क गरे।

गुरुङले भने, ‘जेठको १५ गते गणतन्त्रको घोषणा भयो। गणतन्त्र दिवस मनाउँछ। यसको अन्त्य कहिले हुन्छ त रु २०८२ सालको जेठको १५ गते हुन्छ। त्यही हो कुरा। आन्दोलन कसरी जाने भन्ने कुरा सबै आत्तिसक्नुभएको छ। अर्को फोरममा भनौँला।’

उनले जनताको हक अधिकारको कुरा पृथ्वीपथले गरेको बताए। राज्यलाई थाम्ने दायित्व राजाको भएको बताए। राजालाई सचेत गराउने काम पनि नागरिकको भएको बताए। पृथ्वीपथ भनेको आफ्नो रैथाने पथ भएको उनले स्पष्ट पारे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *