धरमपुर, ६ फागुन–नेकपा (एमाले) ले शिवसताक्षी–९ का ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको छ । एमाले शिवसताक्षी वडा नं ९ कमिटीले वडा ५६ जना ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको हो ।

उनीहरुलाई संघीय सांसद तथा प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बु, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं। ४ का संयोजक धनबहादुर थेवे, नगर अध्यक्ष मेदनी दंगालले ज्येष्ठ नागरिकलाई लौरो, सम्मान पत्र, खादा र मालाले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बुले कम्युनिष्ट पार्टी ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई गोली हान्छ भन्ने गरिथ्यो तर आज यही पार्टीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको बताए ।

विशेष गरेर एमालेले ज्येष्ठ नागरिकको साहरा प्रदान गर्दछ । नेकपा एमालेले बृद्ध भत्ताको अवधारणा ल्याएर ज्येष्ठ नागरिकहरुलाई बुढेकालमा बाँच सहज भएको छ । उनले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने गरी चिल्लागढधाममा कार्यक्रम राखेकोमा वडा कमिटीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपािलकाका नगरप्रमुख तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य मेगाहाङ्ग थोप्रा रोषनले शिवसताक्षी नगरपालिकाले गरेको विकास निर्माणका कामहरुको बारेमा बोलेका थिए । उनले सम्मानित ज्येष्ठ नागरिकहरुलाई दिर्घ जीवनको शुभकामना दिदै नगरपालिकालले काम गरेन भन्ने हल्ला चलाइने गरेको छ ।

कार्यक्रममा एमाले जिल्ला सचिवलय सदस्य तथा क्षेत्र नं ४ का संयोजक धनबहादुर थेवे, नगर अध्यक्ष मेदनी दंगाल, पूर्व सांसद तारासम योङ्गया लगायतले शुभकमना मन्तव्य राखेका थिए । वडा कमिटी अध्यक्ष लोकेश खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन टंकबहादुर खत्रीले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *