दमक, ७ वैशाख–प्रत्येक वर्षको आजैको दिन संसारभरका इसाई धर्मावालम्वीहरुले मनाउँदै आइरहेको पुनरुत्थान दिवसको अवसर पारेर झापाको दमकमा रचनात्मक कार्यक्रम गरी दिवस मनाइएको छ ।
दमक नगर इसाई समाजले आज (आइतबार) बिहान दमक–६ नमुना मार्गमा सरसफाई गर्नुका साथै र दमक नगर सरसफाई कार्यमा सक्रिय हुनुहुने तीन जनालाई सम्मान गरेर पुनरुत्थान दिवस मनाइएको हो ।
दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाको अध्यक्षतामा र दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो । सो कार्यक्रममा दमक नगरकाो सरसफाई कार्यमा सक्रिय हुनुहुने अनुषा सोरेन, अधरिया माझी र मनबहादुर राईलाई नगदसहित खादा ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।
सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख रामकुमार थापा, कार्यक्रम संयोजक तथा दमक नगर इसाई समाजका पूर्व अध्यक्ष पाष्टर आकाश थुलुङ राई, सल्लाहकार तथा अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, दमक–६ का वडा कार्यवहाक अध्यक्ष कमल श्रेष्ठ, नेक्ष्ट एरा ईनर्जी प्रालिका प्रमुख तथा व्यवसायी बिमल खतिवडा र दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाले सम्मान गर्नुभएको थियो ।
कार्यक्रमको शुभारम्भ पाष्टर किशोर सुनुवारले प्रार्थना गनुर््भएको थियो । सो कार्यक्रममा समाजका पूर्व अध्यक्ष समेत रहनुभएका पाष्टर आकाश थुलुङ राईले दमक नगर इसाई समाजको परिचय, संस्थागत गतिविधिहरु, सामाजिक सेवा र योगदानका बारेमा चर्चा गर्नुभएको थियो । त्यस्तैं, वहाँले पुनरुत्थान दिवससम्बन्धि बाइबल धर्मशास्त्रका बारेमा बताउनुहुँदै प्रत्येक वर्ष आजैका दिन दमकको चौक, बजार र सडक सरसफाईए गर्दै आइरहेको बारेमा समेत प्रष्ट पार्नुभएको थियो ।
यसअघि, नगर प्रमुख थापाले सरसफाई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटनपछि नमूना मार्गलाई इसाई धर्मावलम्वीहरु र गैह्र इसाई धर्मावलम्वीहरुले सरसफाई कार्यक्रममा सहभािगता जनाएका थिए ।
कार्यक्रममा पाष्टर डिके वेघा, तेजबहादुर राई लगायत दमकको विभिन्न चर्चहरु तथा मण्डलीहरुबाट सयौंको संख्यामा सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव पाष्टर अजय पाठकले गर्नुभएको थियो ।
