गोविन ल्वागुन/झिलझिले, ७ वैशाख–राष्ट्रिय स्वतन्त्र पाटी (रास्पा) शिवसताक्षी नगर समितिले आज नगर प्रमुख रोशन (मेघाहाङ) थोप्रा समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । रास्वपा शिबसताक्षी नगर समितिले आइतबार नगर प्रमुख थोप्राको कार्यकक्षमै पुगेर ध्यानाकर्षण पत्र बुझएको हो ।
ध्यानाकर्षण पत्रमा रास्ट्रको चौथो ठुलो राजनीतिक दल रास्वपा पनि शिबसताक्षी नगरमा रहेको उल्लेख गरिएको छ । नगरमा हुने सर्बदलिय छलफलमा सहभागिता गराइनुपर्ने, घर नक्सा सम्बन्धि विवाद सामाधन गर्न गठित छानबिन समितिले तयार पारेको प्रतिबेदन र दोशीमाथी कानूनी कार्वाही प्रक्रिया के भयो ? १५ दिनभित्र जानकारी गराइनुपर्ने लगायतको बिषयमा ध्यानाकर्षण पत्र बुझाएको नगर सचिब पुर्णबहादुर लकान्द्रीले जानकारी दिनुभयो।
रास्वपा नगर सचिव लकान्द्रीका अनुसार ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख थोप्राले नगरका सवै राजनीतिक दलहरुलाई समेटेर अघि बढ्ने बताउनुभयो । र, घर नक्सा सम्बन्धिको बिबाद सामाधन गर्न गठित समितिले नयार पारेको प्रतिवेदन समेत जानकारी गराउने आश्वासन दिनुभयो ।
सो अवसरमा उक्त ध्यानाकर्षण पत्र बुझाउन क्षेत्रीय सभापति लिलामाया घिमिरे, नगर सभापति गङ्गाराम कडरिया, उपसभापति गोमा अधिकारी खरेल, सचिब पूर्णबहादुर लकान्द्री, ११ नम्बर सभापति दाताराम बिष्ट लगायतको सहभागिता रहेको थियो ।
प्रथम नगर अधिबेशन सम्पन्नपछि आएको नयाँ नगर आमितिले यो नै पहिलो कार्य गरेको हो । रास्वपा पाटी अब नगरको पुर्ण प्रतिपक्षको भुमिकामा बसेर राम्रो काममा ताली र खराब काममा खबरदारी गर्ने नगर सभापति कडरियाले स्पष्ट पार्नुभयो ।
