काठमाडौं, ८ वैशाख–काठमाडौंको शंखरापुरमा एक जना महिलाको हत्या भएको छ।

आइतबार राति सवा ९ बजे शंखरापुर नगरपालिका–९ सानागाउँस्थित तीनतले घरको भुइँ तलामा डेरामा एक जना महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

मृतक रामेछाप खाडादेवी गाउँपालिका–७ घर भएकी पुतली घिसिङ छन्। उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो। हतियार घटनास्थलमा प्रहरीले फेला पारेको छैन।

पुतली र उनका बच्चाहरू घाइते अवस्थामा रहेको भनी प्रहरीलाई खबर भएको थियो। उक्त खबरपछि प्रहरीको टोली खटिएको थियो।

११ वर्षीय रिदम घिसिङ र १० वर्षीया संजिता घिसिङ सामान्य घाइते अवस्थामा फेला परेका थिए। घटनास्थलबाट मृतक पुतलीका श्रीमान ५२ वर्षीय पदम घिसिङ फरार छन्।

रिदम र संजिताको उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको थियो। थप उपचारका लागि त्यहाँबाट ट्रमा सेन्टर पठाइएको थियो। उनीहरूको हात र खुट्टामा चोट लागेको थियो।

मृतकको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ। प्रहरीले फरार रहेका श्रीमानको खोजी थालेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *