काठमाडौं, ८ वैशाख–लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति किंग पावर स्टेडियममा भएको खेलमा लिभरपुलले लेस्टरलाई १–० गोलले पराजित गरेको हो।

खेलको ७६औं मिनेटमा लिभरपुलका अलेक्जेन्डर आर्नल्डले गरेको गोल निर्णायक बनेको थियो। जितसँगै अंक तालिकाको शीर्ष स्थानमा लिभरपुलले फराकिलो अग्रता बनाएको छ।

लिभरपुलले ३३ खेलबाट ७९ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको आर्सनलको समान खेलबाट ६६ अंक बनाएको छ।

आर्सनलले पनि गएराति इप्सविच टाउनलाई ०(४ गोलले पराजित गर्‍यो। लियन्ड्रो ट्रोसार्डले दुई गोल गरेको खेलमा ग्याब्रियल मार्टिनेली र इथन न्वानेरीले एक गोल गरे।

गएराति नै फुलहमलाई चेल्सीले १(२ गोलले पराजित गर्दा म्यान्चेस्टर युनाइटेड वूल्भ्ससँग १(० गोलले पराजित भएको थियो।

चेल्सी तालिकाको पाँचौं स्थानमा छ। फुलहम नवौं, म्यानचेस्टर युनाइटेड १४ ‍औं र वुल्भ्स १५ औं स्थानमा छ। लेस्टर १९ औं स्थानमा छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *