काठमाडौँ, १४ वैशाख–विगत २६ दिनदेखि जारी शिक्षक आन्दोलनको समर्थनमा सोमबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल वानेश्वर क्षेत्र जानुहुने भएको छ।
शिक्षक आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउन सोमबार दिउँसो १२ः३० बजे अध्यक्ष नेपालसहित पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बिजुलीबजारमा जानुहुनेछ।
उपाध्यक्ष जगन्नाथ खतिवडाले उक्त क्षेत्रमा पूर्वप्रधानमन्त्रीद्धय नेपाल र खनाल जाने कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।
उहाँले लेख्नुभएको छ, ‘२६ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनको समर्थनमा एक्यबद्धता जानाउन र सरकारले गरेको हेलचेक्र्याइ ,अपमान र दमनको बिरोध भोलि बैसाख १५ गते दिउँसो १२ः३० बजे हामी अध्यक्ष्य क।माधव नेपालको नेतृत्वमा बिजुलीबजार जानेछौँ।’
