कमल थापा

काठमाडौं, १५ वैशाख–कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज (सोमबार) काठमाडौंमा प्रदर्शन गर्दैछ। गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

प्रदर्शन आज १ः३० बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा हुने राप्रपा नेपालले जनाएको छ । ‘चैत १५ गते तीनकुनेमा भएको घटनाको बहानामा सरकारले ६४ जनालाई थुनामा राखेको छ, उनीहरू अपराधी होइनन्, हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको विचारको संवाहक हुन्, आस्थाका योद्धा हुन्,’ अध्यक्ष थापाले भनेका छन्, ‘उनीहरू बेवारिसे छैनन्, सम्पूर्ण राष्ट्रवादीहरू उनीहरूको रिहाइको निम्ति प्रतिबद्धत छौं, एक छौं।’

यस्तै यसअघि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले यसअघि नै विज्ञप्ति जारी गर्दै वैशाख १५ गते काठमाडौंमा राप्रपा नेपालले आयोजना गर्ने जनप्रदर्शनमा आफ्नो पूर्ण साथ, सहयोग रहने जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *