शिबगन्ज (शिबसताक्षी), १५ वैशाख–शिवसताक्षी–६ वडा कार्यालयले माता तीर्थ औंशीको अवसरमा वडाभरिका २ सय ज्येष्ठ आमाहरुलाई सम्मानसहित झुल वितरण गरेको छ । वडाले गर्मी याममा लाग्न सक्ने रोगहरुप्रति सचेत रहँदै स्वास्थ्य र मायाको चिनोस्वरूप ज्येष्ठ माताहरुलाई सम्मान गरिएको वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिनुभयो ।

शिबगञ्जस्थित जनआदर्श माध्यमिक विद्यालय नजिकै ज्येष्ठ नागरिक भवनमा एक कार्यक्रम गर्दै नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, वडाध्यक्ष मनोजखुलाल, वडासदस्य गोमा रिजाल लगायत जनप्रतिनिधहरुले झुल वितरण गर्नु भएको थियो ।

कार्यक्रममा वडाध्यक्ष कार्कीले आमाबुबाको आशीर्वादले नै हाम्रो प्रगति सम्भव भएको भन्दै उहाँहरूलाई सम्मान गर्नु हाम्रो कर्तव्य भएको बताउनु भयो । आमाहरुसँग उहाँको सुख दुखका कुराहरु सुनेर हामीलाई थप अघि बढ्न प्रेरणा मिल्ने र आमा बुबाहरुका समस्याहरुलाई बुझने मौका मिल्ने वडाध्यक्ष खुलालको भनाई थियो ।

वडाको विनियोजित ९४ हजार बजेटबाट २ सय थान झुल प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रममा ज्येष्ठ नागरिक वडा नं ६ का अध्यक्ष चक्रप्रसाद लुईटेल, गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन वडासचिव कमला कुमारी भेट्वालले गरेकी थिइन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *